पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ मा पशुचौपायालाई लम्पी स्किन बिरुद्धको खोप लगाउन सुरु गरिएको छ ।
आज वडाभित्र पशुचौपायामा लम्पी स्किन रोगको लक्षण देखापरेको र किसानहरूलाई समस्या भएको हुँदा सो घातक रोग नियन्त्रणका लागि लम्पी स्किन विरुद्धको खोप लगाउन सुरु गरिएको हो ।
पथरी शनिश्चरे नगरपालिका पशुपंक्षी शाखाको सहयोगमा रोग सङ्क्रमण भएको क्षेत्रमा खोप लगाउन सुरु गरिएको वडाध्यक्ष नविन कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय