उर्लाबारी । नेपाली कांग्रेसका नेता तथा लोकतान्त्रिक आन्दोलनका अगुवा बीपी कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा उर्लाबारीमा वृक्षारोपण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। बीपी अध्ययन प्रतिष्ठान, उर्लाबारी नगर समितिको आयोजनामा सालबारी सामुदायिक वनमा आयोजित कार्यक्रममा एक सयभन्दा बढी बिरुवा रोपिएको छ।
कार्यक्रममा एसईई परीक्षामा सतप्रतिशत नतिजा ल्याउने राधिका मावि उर्लाबारी -७ का १८ जना विद्यार्थी र प्रधानाध्यापक सुवास सापकोटा सम्मानित भए। प्रमुख अतिथि कांग्रेस कोशी प्रदेशका सह–महामन्त्री खड्ग फागोले बीपीका विचारहरू आज पनि सान्दर्भिक रहेको बताए।
कार्यक्रममा कांग्रेस नेतृ गोमा नेपाल, अर्जुन तुम्रोक, चिन्तामणि पौडेल, कुमार कडेललगायतको उपस्थिति रहेको थियो। कार्यक्रम अध्यक्ष सोमप्रसाद तिम्सिनाको सभापतित्वमा सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय