
उर्लाबारी ४ स्थित भानुमार्ग सडक किनारामा वृक्षारोपण गरिएको छ ।
विभिन्न प्रजातिका एक सय २५ बिरुवा रोपि जालिले घेराबारा गरिएको छ । नगर क्षेत्रको वातावरणीय संरक्षण र हरियाली प्रबर्द्धन गर्ने उद्देश्यले उर्लाबारीका विभिन्न स्थानमा बृहत वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको हो । मंगलबार नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेल, नगर प्रहरी तथा स्थानीयवासीको सहभागितामा वृक्षारोपण गरिएको हो ।