उर्लाबारी नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण गरेको छ । नगरपालिकाको कार्यालयमा सामाजिक विकास शाखाले बुधबार एक कार्यक्रमको आयोजना गर्दै ह्वील चियर, ट्वाइलेट चियर, फोल्डिङ ह्वील चियर, सेतो छडी, लौरो तथा वैशाखी वितरण गरेको हो ।
ह्वील चियर ८, फोल्डिङ ह्वील चियर १, सेतो छडी १, बैशाखी १, लौरो ४ र ट्वाइलेट चियर ९ गरी गरी जम्मा २४ जनालाई सहायक सामग्री वितरण गरिएको हो । उनीहरुलाई नगर उपप्रमुख मीना खतिवडा पौडेलले सामग्री हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख पौडेलले नगरले दिएको सुविधा सबै क्षेत्रमा पुगोस् भन्ने उदेश्यले सामग्री वितरण गरिएको बताउनुभयो । यस प्रकारका सामग्रीले दैनिक जीवनयापनमा केहि सहयोग पुग्ने भन्दै उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।
सामाजिक विकास शाखा प्रमुख चन्द्रकला सुब्बाका अनुसार अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत नगरका ९ वटै वडाबाट समानुपातिक ढंगले अशक्त, बयोवृद्ध, दृष्टिविहिन र अपाङ्गता भएका व्यक्ति छनौट गरी सहायक सामग्री वितरण गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय