
पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिकाद्वारा डिएसपी मोहन विक्रम दाहाललाई ‘फेरि भेटौला कार्यक्रम’ मार्फत् विदाई गरिएको छ ।
डिएसपी दाहाल २०८१ साल साउन ७ गतेदेखि पथरी शनिश्चरेमा कार्यरत हुनुहुन्थ्यो। दाहाललाई आज नगर प्रमुखको कार्यकक्षमा ‘फेरि भेटौला कार्यक्रम’को आयोजना गरी विदाइ गरिएको हो ।
नगरका प्रशासन शाखा प्रमुख लुकनाथ पोखरेलले सञ्चालन गर्नुभएको सो कार्यक्रममा डिएसपी दाहालले मन्तव्य राख्नुभएको थियो । यसैगरी नगर प्रमुख मोहन प्रसाद तुम्वापोले दाहाललाई भावी दिनमा अझ धेरै प्रगतिको शुभकामना दिनुहँुँदै विदाइका शब्दहरु व्यक्त गर्नुभयो ।
सो कार्यक्रममा नगर उप–प्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशि राई, लेखा शाखा प्रमुख पिताम्बर वस्ती, वडा नं. १० का वडाध्यक्ष जीवन खतिवडा, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, योजना शाखा प्रमुख एवं सूचना अधिकारी शिव कुमार राई लगायतको उपस्थिति रहेको थियो ।