सुनसरी, सुनसरीको धरान उपमहानगरपालिका १५ स्थितबाट लागूऔषध तथा नियन्त्रित औषधी सहित २ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सोही स्थानका ३६ बर्षीय हेम बहादुर तामाङ र धनकुटा घर भई धरान उप-महानगरपालिका १६ बस्ने २८ बर्षीय मिलन थापा रहेका छन् ।
हिजो राती साँढे ८ बजे इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई लागूऔषध ट्रामोल २९१० क्याप्सुल र नियन्त्रित औषधी डिकोलिन २९५० ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय