
उर्लाबारी । यही भदौ ७ गते शनिबार हुने उर्लाबारी बहुमुखी क्याम्पसको निर्वाचनमा उर्लाबारी–७ का विष्णु गुरागाईले सञ्चालक समिति सदस्य पदका लागि उम्मेदवारी दिनुभएको छ ।
लोकतान्त्रिक प्यानलबाट उम्मेद्वार बन्नुभएका गुरागाईले क्याम्पसको समग्र विकास, पारदर्शी व्यवस्थापन र गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा आफू सक्रिय रहने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले सम्पूर्ण क्याम्पस परिवार, विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरुलाई आफूलाई विजयी बनाउन सहयोग गर्न आग्रह गर्नुभएको छ । उर्लाबारी बहुमुखी क्याम्पसलाई अझ सक्षम बनाउन, आधुनिक शिक्षा प्रणाली भित्र्याउन र विद्यार्थीमैत्री वातावरण निर्माण गर्न समर्पित हुने उहाँले बताउनुभयो । ‘यस पटकको निर्वाचनमा मेरो पक्षमा अमूल्य मत दिई विजयी बनाउन सबैसँग हार्दिक अपिल गर्दछु’ गुरागाईले भन्नुभयो । यसअघि अक्षयकोष समितिमा रहेर काम गरिसक्नुभएका गुरागाई बोल्ने भन्दा काम गरेर देखाउनेमा पर्नुहुन्छ ।