उर्लाबारी । यही भदौं ७ गते हुने उर्लाबारी बहुमुखी क्याम्पस सञ्चालक समितिको निर्वाचनमा सदस्य पदका लागि खिलराज पराजुली (खगेन्द्र) प्रगतिशील गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएको छ ।
क्याम्पसको शैक्षिक रणनीतिको आधारमा प्राध्यापक, विद्यार्थी र कर्मचारीको सुनिश्चितता भन्ने नारासहित पराजुलीले उम्मेदवारी दिनुभएको छ । उर्लाबारी–४ निवासी उहाँले विद्यार्थी, शिक्षक र कर्मचारीबीच सहकार्य र समान सहभागितामार्फत क्याम्पसलाई अझ प्रगतिशील दिशामा अघि बढाउने संकल्प व्यक्त गर्नुभएको छ । सक्रिय, इमानदार र व्यवहारमैत्री स्वभावका कारण पराजुली क्याम्पस समुदायमा लोकप्रिय मानिनुहुन्छ । क्याम्पसको शैक्षिक तथा व्यवस्थापकीय सुधारमा निरन्तर लाग्ने प्रतिबद्धता जनाउँदै उहाँले मतदाताहरूसँग अत्यधिक मतले विजयी गराइदिन आग्रह गर्नुभएको छ । यसैबीच, प्रगतिशील गठबन्धनका उम्मेदवारहरु सबैलाई अत्याधिक मत दिई विजयी गराउन पराजुलीलेसम्पूर्ण मतदाताहरूसँग अनुरोध गर्नुभएको छ ।

May be an image of ‎2 people and ‎text that says '‎क्याम्पसको समग्र शैक्षिक स्तरोन्नतिको आधार I प्राध्यापक, विद्यार्थी र कर्मचारीको सुनिश्चितता प्रगतिशील गठबन्यनको प्रतिबद्दता संयुक्त गठबन्धनको तर्फबाट सदस्य पदको उम्मेदवार नरा्य्सलो सभा बहमुरलवीो चुनाची उलांबारी चनावी ט0 गते २४ औ २०८२ भाद KELME 03 क्र.सं. १६ खिलराज पराजुली (खगेन्द्र) लाई अत्याधिक मत दिई विजयी गराईदिनुहुन अनुरोध गर्ददा।‎'‎‎

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय