उर्लाबारी । उर्लाबारी बहुमुखी क्याम्पस, उर्लाबारी–४ को यही भदौ ७ गते शनिबार हुने सञ्चालक समिति सदस्य पदको निर्वाचनमा तुल बहादुर न्यौपाने (रोहित) उम्मेदवार बन्नुभएको छ ।
न्यौपानेले क्याम्पस सभा सदस्यहरूसमक्ष आफूलाई साथै प्रगतिशिल प्यानलका सम्पूर्ण उम्मेदवारहरूलाई अमूल्य मत दिई विजयी गराउन अनुरोध गर्नुभएको छ । उहाँले आफ्नो नाम क्र.सं. ३७ मा रहेको जानकारी दिँदै क्याम्पसको शैक्षिक, संरचनात्मक र संस्थागत विकासमा योगदान पु¥याउने प्रतिबद्धता जनाउनुभएको छ ।
























