
उर्लाबारी । उर्लाबारी बहुमुखी क्याम्पस, उर्लाबारी–४ मोरङको भदौं ७ गते शनिबार हुने निर्वाचनमा नगेन्द्र बहादुर घिमिरेले सञ्चालक सदस्य पदका अत्याधिक मतदान गरी विजयी गराउन अपिल गर्नुभएको छ ।
घिमिरेले ‘अब नेतृत्वमा युवाको पालो’ भन्ने नारासहित उम्मेदवारी दिनुभएको छ । उहाँले युवाको प्रतिनिधित्वसहित शैक्षिक क्षेत्रमा गुणस्तरीय प्रगति, विकृत शिक्षण पद्धतिविरुद्ध आवाज, प्राविधिक विषयको प्राथमिकता, विद्यार्थीलाई गुणस्तरीय शिक्षा तथा QAA Certification Campus मा पहल गर्ने योजना सार्वजनिक गर्नुभएको छ । शैक्षिक योग्यता अनुसार घिमिरेले विविएस उर्लाबारी बहुमुखी क्याम्पस, एमबिएस दमक बहुमुखी क्याम्पस रL.L.B, PU विराटनगर सम्म अध्ययन पूरा गर्नुभएको छ । घिमिरेले सम्पूर्ण क्याम्पस सभासद्हरुलाई आफु र प्रगतिशिल प्यानललाई मतदान गरी क्याम्पसको सेवा गर्ने अवसर दिन अनुरोध गर्नुभएको छ ।