आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित मिक्लाजुङ गाउँपालिका कुडनेटारदेखि चुलीपोखरीसम्म पदयात्रा सम्पन्न भएको छ ।
अखिल (क्रान्तिकारी) , वाइसीएल नेपाल मिक्लाजुङ गाउँपालिका समिति र नेकपा (माओवादी केन्द्र) मिक्लाजुङ गाउँपालिका समितिको सहकार्यमा आयोजित कार्यक्रममा वृक्षारोपण, सरसफाइ र पर्यटन प्रवर्द्धनसम्बन्धी जनचेतनामूलक गतिविधि गरिएको थियो ।

शनिबार बिहान करिब सात बजेदेखि सुरु भएको पदयात्रामा स्थानीय बासिन्दा, विद्यार्थी, युवा तथा समाजका विभिन्न क्षेत्रका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरुले “पर्यावरण संरक्षण हाम्रो दायित्व”, “पर्यटन प्रवर्द्धन हाम्रो जिम्मेवारी” जस्ता नारासमेत दिएका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले ओझेलमा परेको चुलीपोखरीलाई पर्यटकीय आकर्षणका रूपमा उजागर गर्दै यसलाई राष्ट्रिय स्तरमै चिनाउने जिम्मेवारी सबैको साझा हुनेमा जोड दिएका थिए । उनीहरुले वृक्षारोपण जस्ता कार्यले वातावरण संरक्षणमा मात्र नभई पर्यटन विकासमा पनि ठोस योगदान पुर्‍याउने बताएका थिए ।

आयोजकले चुलीपोखरीलाई प्राकृतिक सौन्दर्य, हरियाली र ऐतिहासिक महत्वका कारण आन्तरिक पर्यटनको उत्कृष्ट गन्तव्य बनाउन आवश्यक प्रचार–प्रसार र आधारभूत संरचनामा जोड दिनुपर्नेमा बल दिएको छ ।
पदयात्राले स्थानीय समुदायमा पर्यटन प्रवर्द्धन, सरसफाइ र वातावरणीय सन्देश फैलाउन सफल भएको आयोजकको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय