उर्लाबारी, उर्लाबारीमा आगामी असोज ३ गतेदेखि तेस्रो संस्करणको वडास्तरीय भेट्रान फुटबल रनिङ कप २०८२ प्रतियोगिता हुने भएको छ । बुधबार दिउसो उर्लाबारी नगरपालिका वडा नम्बर ३ को कार्यालयमा आयोजित एक पत्रकार सम्मेलन मार्फत सो प्रतियोगिताबारे जानकारी गराईएको छ ।
वडा नम्बर ३ स्थित मंगलबारे भेट्रान क्लबको आयोजनामा संचालन हुने सो प्रतियोगितामा उर्लाबारी नगरपालिकाका ९ वट‌ै वडाका भेट्रान टिमको सहभागिता रहने आयोजक क्लवका अध्यक्ष राजन सुवेदिले बताए ।
‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नाराका साथ सो प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष सुवेदिले बताए।
यसैबिच प्रतियोगिताको उद्घाटन खेल शुक्रबार संविधान दिवसको अवसरमा वडा नम्बर ६ र २ का भेट्रान क्लवबिच दिउसो ३ बजेदेखी संचालन हुने खेल संयोजक विजय माझीले बताए।
वडा नम्बर ३ सालबारीस्थित प्रस्तावित सालबारी रंगशालामा हुने सो प्रतियोगिताको विजेताले ३१ हजार , उपविजेताले २१ हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी, हाई स्कोरर, वेष्ट गोल किप्पर, वेष्ट डिफेन्डर, वेष्ट कोच, म्यान अफ दी म्याचलगायतका विधाहरुमा खेलाडीलाई सम्मानित गरिने खेल संयोजक माझीले जानकारी दिए ।
उर्लाबारी वडा नम्बर २ र ३ को प्राविधिक सहयोग रहने सो प्रतियोगितामा उर्लाबारी नगरपालिकाको मुख्य प्रयोजन रहने बताईएको छ । सो प्रतियोगिताको फाईनल खेल आगामी असोज ११ गते हुने आयोजकले जनाएको छ।
सो प्रतियोगिता संचालनको लागि करिव ४ लाख खर्च हुन सक्ने आयोजकले बताएको छ । आयोजक क्लवका अध्यक्ष सुवेदिकाअनुसार प्रतियोगिता संचालनको लागि खेलप्रेमी, समाजसेवी, स्थानिय संघसंस्था लगायतसँग आर्थीक संकलन गरिनेछ ।
यता वडा नम्बर ३ का वडाध्यक्ष भिष्मराज बुढाथ‍ोकीले सो प्रतियोगिताको तारिफ गर्दै वडाको तर्फबाट खेल सामाग्री उपलब्ध गराउने बताए ।
यसैबीच सो अवसरमा आयोजकले खेलको नियम र टाईसिट समेत प्रकाशन गरेको छ ।
भेट्रान क्लवका अध्यक्ष सुवेदीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जनप्रतिनिधी, भेट्रान क्लवका प्रतिनिधी, खेलाडी, समाजसेवीलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय