उर्लाबारी । हालैको जेन–जी आन्दोलनका क्रममा उर्लाबारी नगरपालिकासहित ९ वटै वडामा व्यापक क्षति पुगेपछि मैथिली समाज सेवा समिति उर्लाबारीले सहयोगको हात अघि बढाएको छ ।
समितिले सामाजिक उत्तरदायित्व अन्तरगत ५१ हजार रुपैयाँ बराबरको विभिन्न सामग्री नगरपालिकालाई उपलब्ध गराउने घोषणा गरेको हो । समितिका अध्यक्ष पवन चौधरीले आन्दोलनका कारण स्थानीय प्रशासनिक संरचनामा आएको अवरोध र क्षतिप्रति चिन्ता व्यक्त गर्दै सहयोगमार्फत् समुदायलाई आंशिक राहत पु¥याउने लक्ष्य राखिएको बताउनुभयो । ‘समाजले सुख–दुःखमा साथ दिनुपर्छ, यही भावनाले यो सहयोग गर्ने निर्णय गरिएको हो,’ उहाँले भन्नुभयो । यससँगै समितिले संविधान दिवसको अवसर पारेर शुभकामना आदान–प्रदान कार्यक्रम र नेपालको राष्ट्रिय झण्डा राख्ने कार्यक्रम पनि सम्पन्न गरेको छ । कार्यक्रममा समाजका पदाधिकारी, सदस्यलगायतको सहभागिता रहेको थियो । मैथिली समाज सेवा समितिले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिँदै प्रभावित क्षेत्र र समुदायसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय