उर्लाबारी । सुदर्शन बचत तथा ऋण सहकारी संस्था लि., उर्लाबारी–५ को १५औं वार्षिक साधारणसभा सम्मान तथा समापन कार्यक्रम शनिबार उर्लाबारी–४ स्थित बशिष्ठ रिसोर्टमा सम्पन्न भएको छ।
कार्यक्रम संस्थाका अध्यक्ष गोपालप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो। साधारणसभाले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। अध्यक्षमा गोपालप्रसाद भट्टराई, उपाध्यक्षमा आरती भण्डारी, सदस्यमा घनश्याम भण्डारी, हरिप्रसाद रेग्मी, सचिन कुमार रौनियार, निशा लिम्बू, बिष्णु पौडल चयन भएका छन्। त्यसैगरी, लेखा संयोजकमा रबिन न्यौपाने, तथा सदस्यमा लिला ढकाल र सुजन कुँवर सर्वसम्मत रूपमा चयन भएका छन्।
निर्वाचन संयोजन समितिका संयोजक तथा कोशी प्रदेशका पूर्व सहकारी रजिस्ट्रार हरिबहादुर खत्रीले नयाँ नेतृत्व चयन भएको जानकारी दिएका हुन्। सो अवसरमा उत्कृष्ट ऋणीहरूलाई सम्मान समेत गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय