उर्लाबारी । मोरङको उर्लाबारी–६ मधुमल्ला रोडमा ‘युरो गेटवे कन्सल्टेन्सी’को पहिलो शाखा कार्यालय सञ्चालनमा आएको छ ।
लामो समयदेखि काठमाडौंमा रहेर स्किल डेभलपमेन्ट र अध्ययन परामर्श क्षेत्रमा सेवा दिँदै आएको युरो गेटवेले उर्लाबारीमा पनि आफ्नो शाखा सञ्चालनमा ल्याएको हो । उद्घाटन कार्यक्रममा बोल्दै उर्लाबारी शाखा प्रमुख विकास राईले स्थानीय युवाहरूलाई दक्षता विकास, करिअर मार्गदर्शन तथा अध्ययन परामर्शका अवसर उपलब्ध गराउने उद्देश्यले शाखा विस्तार गरिएको जानकारी दिनुभयो । राईका अनुसार, स्थानीय युवा व्यवसायीहरूको सहकार्यमा सञ्चालनमा ल्याइएको यो शाखाले विदेश अध्ययन, तालिम तथा रोजगार परामर्श लगायतका सेवा उपलब्ध गराउनेछ । उहाँले उर्लाबारीका युवाहरूलाई आफ्नो क्षमता र अवसर बढाउन यो कन्सल्टेन्सीले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि कन्सल्टेन्सीका प्रमुख आशिष खउली रहनुभएको थियो भने युवा व्यवसायी सुरेन्द्र लिम्बू, सचिन शाक्यलगायतले बोल्नुभएको थियो । कार्यक्रम सञ्चालन सञ्चारकर्मी घनश्याम भण्डारीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय