उर्लाबारी । च्याउ उत्पादक किसान संघ कोशी प्रदेशको तेस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ। आइतबार मोरङको उर्लाबारीमा सम्पन्न अधिवेशनले भूमिका बस्नेतलाई सर्वसम्मत रूपमा संघको अध्यक्षमा चयन गरेको छ।
नवगठित समितिमा उपाध्यक्षमा तेजबहादुर महत, सचिवमा ध्रुव सुन्दास, सहसचिवमा देवराज चौंलागाई, कोषाध्यक्षमा प्रेमप्रसाद कंडरिया निर्वाचित भएका छन्।
त्यसैगरी सदस्यहरूमा सुकविर लिम्बु, निरज कार्की, सरोज कार्की, दिवस विसुखें, अम्बर कार्की, राजकुमार राई, सरिता कार्की, प्रकाश अधिकारीलगायत चयन भएका छन्।
अधिवेशनमा कोशी प्रदेशभर रहेका च्याउ उत्पादक किसानहरूको प्रतिनिधित्व रहेको संघले च्याउ व्यवसायको प्रवर्द्धन, उत्पादन वृद्धि तथा किसानको हित संरक्षणलाई प्राथमिकता दिने जनाएको छ।























