उर्लाबारी, उर्लाबारी–३ मंगलबारे (किसानचोक दक्षिण) मा अवस्थित ‘प्रार्थना रिट्रिट, स्पोर्टर्स, लज एण्ड बार’ नयाँ व्यवस्थापनसहित यही मंसिर ४ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। करिब ३ विगाहा क्षेत्रफलमा फैलिएको उक्त रिट्रिटमा विवाह, पार्टी, व्रतबन्धदेखि विशेष कार्यक्रम तथा बैठकका लागि उपयुक्त र पर्याप्त स्थल उपलब्ध रहेको छ ।
रिट्रिटभित्र बालबालिकाका लागि किड्स जोन तथा छुट्टै बाल–मनोरञ्जन स्थल व्यवस्था गरिएको छ। यस्तै, भलिबल, फुटसल, स्नोकर, स्केटिङ, डार्ट, बास्केटबल, टेबल–टेनिसलगायतका खेलका लागि छुट्टाछुट्टै ग्राउण्ड तथा प्ले–जोन तयार गरिएको छ। साथै सो स्थलमा उर्लाबारीमै पहिलोपटक भि–आर गेम जोन पनि सञ्चालनमा ल्याइएको छ।
उकत रिट्रिटमा सुविधा सम्पन्न सेमिनार हल, पार्टी प्यालेस, रेस्टुरेन्ट, बार, बार्बेक्यु, फुटसल कोर्ट, स्केटिङ एरिना र विभिन्न खेल मैदानसम्मका विविध सेवा एकै स्थानमा उपलब्ध छन्। हाल लज सेवा पनि सञ्चालनमा आइसकेको र निकट भविष्यमै स्विमिङ पुल निर्माण गरिने व्यवस्थापन पक्षले जनाएको छ।
त्यस्तैगरी, रिट्रिटभित्र राष्ट्र र राष्ट्रियता झल्किने कलाकृतिहरू पनि प्रमुख आकर्षण बनेका छन्। यहाँ धरहरा, घण्टाघर, लुम्बिनीको मायादेवी मन्दिर, स्वर्गीय राजा विरेन्द्र तथा राजपरिवारसँग सम्बन्धित ऐतिहासिक धरोहरका प्रतिमूर्तिहरू समेत अवलोकन गर्न सकिने व्यवस्था गरिएको छ।
उक्त रिट्रिटमा प्रवेश नि:शुल्क रहने छ। व्यवस्थापनका अनुसार धेरै सुविधा एकै ठाउँमा उपलब्ध हुने भएकाले सो स्थान पारिवारिक, खेलकुद, मनोरञ्जन साथै कार्यक्रम संचालन तथा व्यवस्थापनका लागि उत्तिकै उपयुक्त गन्तव्यका रूपमा रहेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय