२०७७ साउन ३१ शनीवार
कोरोनाको सक्रमण नेपालमा दिनदिनै वढिरहेको छ यसै सन्दर्भमा गण्डकी प्रदेश को स्याङ्जा जिल्लामा पनि यो क्रम निरन्तर वढिरहेको छ । हाल सम्म जिल्लामा सक्रमितको सख्या ३सय २२ पुगेको छ । जस मध्य १९२ जना लाई निको भै घरफर्किसकेका छन ।
जिल्लामा हाल सम्म सक्रमणवाट दुई जनाको मृत्यु भैसकेको छ । अहिले स्याङ्जा को पुतलीवजार,वालिङ गल्याङ क्ष्ोत्रमा अनावश्यक रुपमा वाहिर हिडडुल गर्न रोक लगाईसकेको छ ।

कालीगण्डकी ७ मिर्मीमा पनि सक्रमण लाई न्युन गर्न स्थानिय प्रशासनले कसैलाई पनि विना काम हिडडुल नगर्न आग्रह गरिरहेको छ ।
प्रहरीहरुले स्थानिय पसल, रेस्टुरेन्ट होटेलमा कडा निगरानी वढाएको छ । कालीगण्डकी ७ मिर्मी मा होटेल,पसललाई बिहान ९ बजे देखी १ बजे सम्म खुल्ला गर्न अनुमती दिएको छ भने पसलमा भिड भाड नगर्न अनुरोध गरेको छ ।
समाजिक दुरी कायम गर्दै बैंक तथा बित्तिय संस्था हरु खुलेका छन भने बैंक मा आउने ग्राहक लाई अनिवार्य रुपमा बैंक भित्र पस्दा सेनिटाइजर र मास्क अनिवार्य प्रयोग गर्नुपर्ने र भिडभाड नर्गन अनुरोध गरिरहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय