१ भाद्र २०७७, सोमवार
पाल्पाको रामपुरमा १० दिन लकडाउन हुने भएको छ । मंगलबार २ गते राती १२ बजे देखि १२ गते सम्म रामपुर नगरपालिकामा लकडाउन गर्ने नगरपालिकाको बैठकले निणर्य गरेको हो ।
यातायात तथा बजार खुला भएपछि भिडभाड बढेको, भारत तथा तेस्रो मुलुक बाट घर फर्किनेको संख्या थपिदै गएकाले लकडाउन गर्ने निणर्य भएको रामपुर नगरपालिकाले जनाएको छ ।
लकडाउन अवधीमा औषधी पसल खुला रहने छन् । एम्बुलेन्स बाहेकका सवारी संचालनमा रोक लगाइएको छ तरकारी र दुधका पसलहरु विहान ५ बजे देखि ९ बजे सम्म र साँझ ५ बजे देखि ७ बजे सम्म खुल्ने छन । बैंक तथा वित्तिय संस्थाहरु विहान ११ देखि दिउँसो १ बजे सम्म खुला हुनेछन् ।
रामपुर नगरभित्र १ सय १७ जनामा कोरोना संक्रमणको पुष्टि भएपनि उनीहरु सबै निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय