रुपन्देहीमा भदौ २ गते देखि भदौ ७ गते राती १२ वजे सम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले जिल्लाभर भदौ २ गतेदेखि नै लागु हुने गरी निषेधाज्ञा जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जारी गरेको आदेशमा खुल्ला स्थानमा जम्मा हुन,सभा जुलुस गर्न,जात्रा महोत्सव गर्न,नित्य पुजा वाहेक धार्मिक गतिविधि गर्न,स्वास्थ मापदण्ड विपरित उधोग ब्यापार ब्यवसाय सन्चालन गर्न,सैक्षिक संस्थाहरु संचालन गर्न,टे अवे वाहेक होटल रेष्टुरेण्ट संचालन गर्न निजी तथा सार्वजनिक यातायात संचालन गर्न लगायतका कुनै पनि गतिविधि गर्न पाईने छैन ।

निषेधाज्ञा अवधिमा जिल्लाभर अत्यावश्यकवाहेक सबै सेवा बन्द हुने र आदेश उल्लंघन गरेमा कारवाही गरिने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय