अधिकांश मानिसहरूलाई जोड्ने एउटा कुरा छ भने त्यो हो चिया । बिहानको सुरुवात होस् वा साँझको थकान, साथीभाइसँग गफगाफ होस् वा एक्लै रमाइलो पल, हरेक अवसरमा चिया हामीसँगै हुने गर्दछ । धेरै मानिसहरूको लागि, चिया एक पेय मात्र होइन, भावना पनि हो।

अन्तर्राष्ट्रिय चिया दिवस चिया मन पराउनेहरुका लागि मात्र मनाइन्छ । यो हरेक वर्ष मे २१ मा मनाइन्छ, जो हिजो मनाइएको थियो। तर के तपाईंले कहिल्यै सोच्नुभएको छ कि हामीले दिनहुँ रमाइलो गरी पिउने चियामा हुने केही सामान्य गल्तीहरूले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ भन्ने कुरा ।

हो, चियाको लत लाग्नु र यसलाई राम्ररी नपिउनु शरीरको लागि हानिकारक हुन सक्छ। यो धेरै पटक चिया पिउने, खाली पेटमा चिया पिउने, वा धेरै चियापत्ति हालेर पिउने जस्ता बानीले स्वास्थ्यमा राम्रो हुदैँन् । यी बानीले तपाईको शरीरलाई बिस्तारै हानि पुर्‍याउन सक्छ।

यदि तपाई पनि चियाको फ्यान हुनुहुन्छ भने यो लेखमा थाहा दिनेछौं तपाईले पनि चिया पिउने क्रममा ती ५ सामान्य गल्ती गरिरहनु भएको छ भने अहिले नै सुधारी हाल्नुहोस् ।

खाली पेटमा चिया नपिउने
कतिपयले बिहान उठने बितिक्कै सबभन्दा पहिले चिया पिउने गर्छन्, जुन हानिकारक हुन्छ । खाली पेटमा चिया पिउनाले एसिडिटीको समस्या हुनसक्छ । यसबाहेक यसले ग्याँस, जलन, कब्जियतजस्ता समस्याहरू निम्त्याउन सक्छ। त्यसैले चिया पिउनु अघि मनतातो पानी वा फलफूल खानुपर्छ ।

 

धेरै चिया नपिउने
यदि चिया प्रेमीहरूले दिनमा ४–५ पटक वा सोभन्दा बढी चिया पिउने हो भने यसले शरीरमा क्याफिनको मात्रा बढाउँछ । यसले निद्राको कमी, घबराहट र थकान निम्त्याउन सक्छ। त्यसैले दिनमा २ कपभन्दा बढी पिउनु हुँदैन र राति अबेरसम्म पनि चिया पिउनु हुँदैन ।

धेरै उमालेको चिया नपिउने
कतिपयले चियालाई सुखद गन्ध दिन र स्वाद बढाउन १०–१५ मिनेट उमालेर चिया पिउने गर्छन तर यसले ट्यानिन्स र क्याफिन बढाउँछ। यसले पाचन प्रणालीलाई असर गर्न सक्छ। यस्तो अवस्थामा चियालाई हल्का उमाल्नु मात्रै होस, धेरै गाढा नबनाउनु होस् ।

खाना खाए लगत्तै चिया नपिउने
कतिपयलाई खाना खाएपछि चिया पिउने बानी हुन्छ, जुन स्वास्थ्यका लागि बिल्कुलै राम्रो हुँदैन । खाना खाइ सकेपछि तुरुन्तै चिया पिउनाले खानामा रहेको आइरन र पोषक तत्वको अवशोषण कम हुन्छ । चिया पिउन चाहनुहुन्छ भने खाना खाएपछि मात्र ३०–४५ मिनेट पछि मात्रै चिया पिउनु होस् ।

धेरै चिनी नराख्नुहोस्ः
कतिपयलाई मीठो चिया मन पर्छ । यस्तो अवस्थामा चियामा आवश्यकता भन्दा बढी चिनी मिसाउने गर्छन् । तर, अत्यधिक मीठो चियाले तपाईंको रगतमा चिनीको मात्रा बढाउन सक्छ, मोटोपना र मधुमेह निम्त्याउन सक्छ। सम्भव भएमा चियामा चिनी कम राख्नुहोस् वा गुड़ र मह जस्ता विकल्पहरू अपनाउनु होस्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय