काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई गायिका ज्योति मगरले सामाजिक सञ्जालमार्फत कडा काउण्टर दिएकी छिन्। उनले आफ्नो फेसबुक पेजमा व्यङ्ग्यात्मक शैलीमा स्टाटस लेख्दै मेयर शाहको पछिल्लो गतिविधि र अभिव्यक्तिप्रति असन्तुष्टि प्रकट गरेकी हुन्।

मगरले आफ्नो स्टाटसमा लेखेकी छिन् —

“गरिबको चमेली बोलिदिने कोही छैन,
गरिबहरूकै ठेला उठाउनुभयो।
‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ भन्दै
जेनेरेसन–जेडलाई उक्साएर सर्लक्कै देश जलाउनुभयो।

जुन–जुन शक्तिको आडमा
फिल्मी स्टाइलमा बितन्दा मच्चाउनुभयो,
उही शक्तिहरूले थेचार्न थालेपछि
असन्तुष्टि छर्लङ्ग देखियो।

राति १२ बजे मुख खोलेर बोल्दा हुने फाइदा :
१) भडास डिटक्स,
२) कुनै शक्तिबाट परिचालित छैन भन्ने प्रमाण,
३) सुठ्ठाको क्वालिटी पर्फेक्ट भएको प्रमाण।

खास बुढी मार्न खोजेको काल पल्कियो, ब्रो…
धन्न सु–सु गर्न उठेकी भाउजूले आधा घण्टामै थाहा पाई
डिलिट गर्न लगाउनुभयो,
नत्र कति धेरै भ्युज, लाइक र कमेन्टहरू आउँथे होला…

हजुरको स्टाटस डिलिट भएपछि,
हजुरलाई यो गीतका हरफहरू गिफ्ट :
भक्तहरूको चमेली बोलिदिने कोही छैन…
म भक्तजन हाँसेको हेर्न चाहन्छु…”

उनको उक्त अभिव्यक्ति पछिल्लो समय बालेन शाहले सामाजिक सञ्जालमा राखेका विवादास्पद स्टाटस र गतिविधिहरूमाथि गरिएको व्यङ्ग्यात्मक टिप्पणीका रूपमा हेरिएको छ।

ज्योति मगरको यो स्टाटस फेसबुक र अन्य सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल बनेको छ। धेरै प्रयोगकर्ताले उनको प्रस्तुतिलाई “सिधा र कटाक्षपूर्ण प्रतिक्रिया” भनेका छन् भने केहीले यसलाई साहसिक वक्तव्यको रूपमा व्याख्या गरेका छन्।

हालसम्म मेयर बालेन शाहले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय