
उर्लाबारी । मोरङको उर्लाबारीमा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगितामा आज वडा नम्बर ७ टाईब्रेकरमा विजयी हुँदै सेमिफाईनलमा प्रबेश गरेको छ । उर्लाबारी–६ स्थित राधिका माविको खेल मैदानमा भएको खेलमा वडा नम्बर ८ लाई टाईब्रेकरमा ३ – १ गोलले हराउँदै वडा नम्बर ७ सेमिफाईनलमा प्रबेश गरेको हो ।
निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसकेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । प्रतियोगितामा भोलीदेखी पहिलो सेमिफाईनलका खेल सुरु हुने भएको छ । पहिलो सेमिफाईनलमा वडा नम्बर ५ र ६ बीच प्रतिष्पर्धा हुने आयोजक समितिका सदस्य सुब्रत अधिकारीले जानकारी दिनुभयो । फागुन २३ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ७५ हजार, उपविजेताले १ लाख १५ हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त कलबका कोषाध्यक्ष योगराज लिम्बूले जानकारी दिनुभयो ।