
उर्लाबारीमा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगितामा आज वडा नम्बर ७ फाईनल प्रवेश गरेको छ । उर्लाबारी–६ स्थित राधिका माविको खेल मैदानमा भएको दोस्रो तथा अन्तिम सेमिफाईनल खेलमा वडा नम्बर १ लाई ३ – ० गोल अन्तरले हराउँदै वडा नम्बर ७ फाईनल प्रवेश गरेको हो ।
वडा नम्बर ७ लाई फाईनलमा पुर्याउन सुरेश राई, सोनाम इङनाम र नवराज दियालीले एक/एक गोल गरे। यसअघि हिजो भएको पहिलो सेमिफाईनलमा वडा नम्बर ५ लाई टाईब्रेकरमा हराउँदै वडा नम्बर ६ फाईनलमा पुगेको थियो ।
फाईनल खेल अागमी फागुन २३ गते सोमबार वडा नम्बर ६ र वडा नम्बर ७ बिच राधिका माविको खेल मैदानमा दिउँसो ३ बजेदेखि हुनेछ । प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ७५ हजार, उपविजेताले १ लाख १५ हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।