उर्लाबारी । ‘हाम्रो प्रत्येक गोल, लागुऔषध विरुद्धको बोल’ भन्ने नाराका साथ मोरङको उर्लाबारीमा जारी विद्यालय स्तरीय युथ १४ फुटबल प्रतियोगितामा आज नेबुला बोर्डिङ स्कुल र मोरङ मोडल विजयी भएका छन् ।
उर्लाबारी नगरपालिकाको सहयोग र उर्लाबारी फुटबल क्लबको आयोजनामा उर्लाबारी–६ स्थित राधिका माविको खेलमैदानमा जारी प्रतियोगिताको आजको पहिलो खेलमा नेबुलाले भृकुटी मोडल एकाडेमीलाई ३–० गोल अन्तरले पराजित ग¥यो । पहिलो खेलको म्यान अफ दी म्याच नेबुलाका कृष्टल थापा भए ।
त्यस्तै, दोस्रो खेलमा मोरङ मोडलले २–० गोलले ओभल एकाडेमीलाई हरायो । खेलको म्यान अफ दी म्याच मोरङ मोडलका एन्जल बोहोरा भए । नयाँ फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष दिपेन्द्र धिमालले पूर्वी कमाण्ड अनलाइनलाई जानकारी दिनुभयो । प्रतियोगिताबाट ३५ जना खेलाडी छनौट गरी २ वर्षसम्म नियमित प्रशिक्षण प्रदान गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । असार ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा उर्लाबारीका २५ वटा विद्यालयको सहभागिता रहेको क्लबका कोषाध्यक्ष योगराज फागोले बताउनुभयो । बिजेता र उपविजेतालाई क्रमशः ५१ हजार र ३१ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरिने उहाँको भनाई छ । सोमबारको खेल झाँरसादी बोर्डिङ र दुर्गा माबि तथा पशुपति आमाबि र हिमचुली बोर्डिङबीच प्रतिष्पर्धा हुने सचिब घनश्याम भण्डारीले पूर्वी कमाण्ड अनलाइनलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय