
उर्लाबारी । यही भदौ ७ गते शनिबार हुने उर्लाबारी बहुमुखी क्याम्पसको निर्वाचन सभामा मिन प्रसाद दाहाल (मिलन) सदस्य पदका उम्मेदवार बन्नुभएको छ ।
प्रगतिशिल प्यानल तर्फबाट उम्मेदवारी दिनुभएका दाहालले क्याम्पसको समग्र शैक्षिक स्तरवृद्धि, प्राध्यापक, विद्यार्थी तथा कर्मचारीको हकहित सुनिश्चिताका लागि आफ्नो उम्मेद्वारी रहेको बताउनुभएको छ । उहाँले क्र.सं. २३ मा दाहाललाई मतदान गरी विजयी गराउनहुन सबै क्याम्पस सभासद्मा अपिल गर्नुभएको छ । यसअघिसमेत सदस्य रहेर काम गर्नुभएका दाहालले क्याम्पसको हितमा महत्वपूर्ण काम गर्नुभएको छ । शिक्षण, सिकाइ र व्यवस्थापनमा सुधार गर्दै क्याम्पसलाई थप सबल र सक्षम बनाउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।