उर्लाबारी । कोरोना नियन्त्रण अभियानमा सकृयताका साथ कार्य सम्पादन गरेकोमा सञ्चार क्लबले उर्लाबारी नगरपालिकाका वडा नं. २ का वडाध्यक्ष राजन कँडेललाई सम्मान गर्ने भएको छ ।
आज बसेको बैठकले क्लबको १८ औँ साधारण सभाको अवसरमा साउन १६ गते सम्मान गर्ने निर्णय गरेको हो । वडाध्यक्ष कँडेलले कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रण, राहत वितरण, कोरोना संक्रमणबाट मृत्यु भएका ब्यक्तिको शव ब्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । त्यस्तै, सोही अवसरमा उर्लाबारी उद्योग बाणिज्य संघलाई पनि सम्मान गर्ने निर्णय भएको महासचिब दिपक बास्तोलाले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय