उर्लाबारी । उर्लाबारीमा रहेका निजी विद्यालयको शुल्कबारे बेलाबखत चर्चा हुने गरेको छ । तर, मोरङको उर्लाबारीमा रहेको एक निजी विद्यालयले जिल्लाकै सस्तो शुल्कमा गुणस्तरीय शिक्षा दिइरहेको छ ।
जिल्लाका निजी विद्यालयको तुलनामा कम शुल्कमा उर्लाबारी–१ लक्ष्मीझारमा रहेको मधुमल्ला चिल्ड्रेन एजुकेशन एकेडेमीले गुणस्तरीय शिक्षा दिइरहेको हो । विद्यालयले गाउँमै सर्वसुलभ रुपमै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । सो विद्यालयले जिल्लामै सबैभन्दा कम शुल्कमा गुणस्तरीय शिक्षा विद्यार्थीहरुलाई प्रदान गर्दै आइरहेको संस्थापक प्रिन्सिपल नेत्रप्रसाद गड्तौलाले दाबी गर्नुभयो । २०६५ सालमा स्थापित भएको यो विद्यालयले सर्वोत्कृष्ट नतिजासहित संस्कारयुक्त शिक्षा प्रदान गर्दै आएको छ ।
आफ्नै भूकम्प प्रतिरोधि भौतिक संरचनामा निर्माण गरिएको सो विद्यालय सुन्दर र शान्त वातावरणमा अवस्थित छ । अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारीको संयुक्त छलफलद्वारा अध्ययन अध्यापन पद्धति सञ्चालन गर्ने यस स्कुलको नतिजा सुखद छ । २२ वटा कक्षा कोठाहरु रहेका छन् भने १२ कट्ठा क्षेत्रफलमा विद्यालय फैलिएको छ । कक्षा ८ सम्म अध्ययन हुँदै आएको उक्त विद्यालयका विद्यार्थीहरुले आफुलाई हरेक कुरामा अब्बल सावित गरिरहेका छन् । मधुमल्ला चिल्ड्रेनले प्याब्सन लिने कक्षा ५ को परीक्षा तथा नगरपालिकाले लिने कक्षा ८ को परीक्षामा अन्य निजी विद्यालयको तुलनामा राम्रो नतिजा ल्याउँदै आएको छ । २०६५ सालमा ४२ जना विद्यार्थीबाट सुरु भएको मधुमल्ला चिल्ड्रेनले विद्यार्थी र अभिभावकको मन जित्न सफल बनेको छ । हाल सो स्कुलमा ३ सय ५० जना विद्यार्थीहरु यहाँ अध्ययनरत रहेका छन् भने २२ जना शिक्षक तथा कर्मचारीहरु रहेका छन् । स्कुलमा मिक्लाजुङको खोलीटार, ठाँडे, मुगुटार, सफेवा हुँदै लालमाटी, खाकरबारी, बेतिनी, कालीझोरका साँथै उर्लाबारी नगरपालिका– १ र ४ का विद्यार्थीहरु अध्ययन गर्दै आएको संस्थापक प्रिन्सिपल गड्तौलाले जानकारी दिनुभयो ।

विद्यार्थीहरुलाई आउन जानका लागि स्कुलको एउटा बस र भ्यान रहेको उहाँले बताउनुभयो । स्कुलमा कार्यरत शिक्षकशिक्षिका तथा कर्मचारीका छोराछोरी तथा अन्य अति बिपिन्न बर्ग विद्यार्थीलाई निःशुल्क अध्ययन गराउँदै आएको उहाँले बताउनुभयो । कक्षा प्रथम, दलित, पिछाडिएका समूदाय तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई पनि विद्यालयले निःशुल्क, छुटलगायतमा पढाउँदै आएको उहाँको भनाई छ । बार्डिङ जान नसक्ने परिवारले पनि बोर्डिङ पढाउन सकुन् भन्ने हेतुले जिल्लाकै कम शुल्यमा गुणस्तरीय शिक्षा दिँदै आएको उहाँ बताउनुहुन्छ । पारिवारिक वातावरणमा पठनपाठन गराइरहेको उक्त विद्यालयले विशेषगरी अतिरिक्त क्रियाकलापहरुमा बालबालिकालाई बढी प्रेरित गरिरहेको छ । विद्यालयले सैद्धान्तिक शिक्षाका साथै सिकाइका व्यावहारिक पक्षलाई विशेष जोड दिँदै आएको संस्थापक प्रिन्सिपल गड्तौलाले बताउनुभयो । उहाँका अनुसार विद्यार्थीहरुलाई उनीहरुको रुचि र चाहनाअनुसार घरको जस्तै वातावरणमा पठनपाठन गर्ने गरिएको छ । ‘साना–साना विषयलाई पनि हामीले कसरी व्यावहारिकतासँग जोड्ने भन्ने कुरा हामीले अनुभवी शिक्षकबाट सिकाएका हुन्छौँ’, उहाँले भन्नुभयो, ‘स्कुलले अतिरिक्त क्रियाकलापलाई प्राथमिकतामा राखेको छ ।’ अतिरिक्त क्रियाकलाप अन्तरगत चित्रकला, गायन, बुद्धिचाललगायत खेलहरुमा विद्यालयले अब्बल नतिजा ल्याउने गरेको छ । जिल्ला स्तरीय प्रतियोगितामा पनि विद्यालयले राम्रो नतिजा ल्याउँदै आएको छ । विद्यालयले सामाजिक कार्य पनि उत्तिकै प्राथमिकताका साथ गरिरहेको छ । विद्यार्थीहरुका लागि बर्षेनी आँँखा शिबिरलगायत आयोजना पनि विद्यार्थीले गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय