काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा २३५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ७ हजार ८८५ र एन्टिजेन विधिबाट १ हजार १९९ एन्टिजेन परीक्षण गरिएकोमा २३५ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ९ लाख २४ हजार ६३३ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा २१२ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ८ लाख ११ हजार ९५८ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ८७९ जना रहेको छ ।
हालसम्म एक करोड बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।
२४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५९४ जना पुगेको मन्त्रालयले जनाएको छ ।























