गुल्मी । शहरी विकासमन्त्री तथा नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री नेकपा एमाले सम्झिँदै रोएकी छन् ।

शुक्रबार गृह जिल्ला गुल्मीमा समाजवादीको पार्टी कार्यालय उद्घाटनमा सम्बोधन गर्ने क्रममा झाँक्री आफ्नो कठिन राजनीतिक जीवनको यात्रा सम्झिँदै रोएकी छन् ।

समाजवादीकै नजिकै एमालेको पक्की भवनमा कार्यालय रहेको छ ।

त्यही भवन निर्माण गर्दाको पल सम्झिँदै उनले भनिन, ‘थुप्रै घरहरु निर्माण गरियो, घर भनेको बस्न लायक हुनुपर्छ भन्ने सबैको मान्यता हो । उक्त भवन निर्माणका लागि पार्टीमा ठूलो योगदान ग¥यौं । तर त्यही घर अहिले पार्टीबाट अलग भएको छ ।’

‘धेरै मान्छेले पार्टी कसरी निर्माण गर्छौ, राजनीति यात्रा कसरी अगाडि बढ्छ भनेर हामीलाई प्रश्न गरिरहेका छन्,’ मन्त्री झाँक्रीले गहभरि आँशु पाार्दै भनिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय