काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा ३८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ३८२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ५ हजार ७ र एन्टिजेन विधिबाट १५ हजार ९५२ एन्टिजेन परीक्षण गरिएकोमा ३८२ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ९ लाख २५ हजार १५ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २१२ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ८ लाख १२ हजार २१० जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९६९ जना रहेको छ ।

हालसम्म एक करोड बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।

हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५९४ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय