काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २१६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा २१६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ५ हजार ९६२ र एन्टिजेन विधिबाट १ हजार ६६९ एन्टिजेन परीक्षण गरिएकोमा २१६ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ९ लाख २५ हजार २३१ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा २०९ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ८ लाख १२ हजार ४१९ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९७१ जना रहेको छ ।
हालसम्म एक करोड बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।
२४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५९६ जना पुगेको मन्त्रालयले जनाएको छ ।























