उर्लाबारी । मोरङको कानेपोखरी जंगलमा भेटिएकी खोटाङकी १९ बर्षीय कमला आचार्यको मृत्यु रहस्यमय बनिरहेको छ । के कारण ती युवती घना जंगलमा पुगिन् भन्ने विषय निकै चासोका साथ हेरिएको छ ।
राधिका माध्यमिक विद्यालय उर्लाबारीमा बाली विज्ञान विषयमा कक्षा १२ मा अध्ययरत रहेकी आचार्य सुन्दरहरैचामा अंकल आन्टीको बस्दै आएकी थिइन् । कानेपोखरीको जंगलमा अचेत अवस्थामा भेटिएकी आचार्यको उपचारको क्रममा निधन भएपनि के कारण यो घटना हुन पुगेको हो भन्ने बिषय रहस्यमय नै छ । मुसा मार्ने औषधि सेवन गरेको पाइएपनि सो जंगलमा एक्लै किन र कसरी गइन् त ? धेरैले यो घटना रहस्यमय मानेका छन् । कतिपयले यो घटना यौन शोषणमा परेर ती युवतीले मृत्युको बाटो रोजेको पनि बताउन थालेका छन् । प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।























