उर्लाबारी । झापाको मेचीनगर–१३ की २४ बर्षीया विद्या उप्रेती भट्टराईले गत बैशाखमा विवेक भट्टराईसँग प्रेम विवाह गरिन् । २ बर्षदेखि प्रेम सम्बन्धमा रहेका विद्या र विवेकले भागेर विवाह गरेपछि उप्रेती परिवारले एक महिना अघि मात्र विवाह गरिदिएको थियो ।

विद्याको पेटमा ९ महिनाको बच्चा हुर्किरहेको थियो । माघ १५ गते विद्या आमा र विवेक बुवा बन्दै थिए । तर, विद्याले ९ महिनाको पेटको बच्चासहित आत्महत्या गरिन् । विवेकले यो मेरो बच्चा होइन भन्दै पटक पटक विद्यालाई याचना दिएको र दाइजो कम दिएको आरोप माइती पक्षको छ । विद्याको शरिरमा निलडामसमेत देखिएको र घटना रहस्यमय भएको भन्दै माइती पक्षले श्रीमान विवेकसहितलाई कार्वाहीको माग गरेका छन् । माइती पक्षले उजुरी दिएपछि श्रीमान विवेकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । माइती पक्षले हत्या गरेर झुण्डाएको बताउँदै आएका छन् । किन त विद्याले आफुसँगै पेटमा हुर्किदै गरेको १० महिनाको बच्चासहित आत्महत्या गरिन् ? की माइतीले भने झै हत्या गरेर झुण्डिाइएको हो त ? यी यस्तै प्रश्न खडा भएका छन् । यो घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कार्वाही र पीडित परिवारलाई न्याय दिनु पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय