उर्लाबारी । नेपाली कांग्रेस प्रदेश नं. १ का सह–महामन्त्री तथा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले कांग्रेसलाई सशक्त र चलयमान बनाउन कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको छ ।
नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले उर्लाबारी वडा नम्वर ३ कमिटीले शुक्रवार आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै उहाँले सो निर्देशन दिनुभएको हो । उर्लाबारी–३ स्थित मंगलबारेको दुर्गा मन्दिर परिसरमा आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अथिति समेत रहनु भएका फागोले युवाहरु एकजुट भएर समाज र राष्ट्र विकासमा जुट्नु पर्नेमा जोड दिनुभयो ।
वि.स. २०१० सालमा नेपाली कांग्रेस पार्टीमा आवद्ध युवाहरुलाई अवसर र चलयमान गराउने उद्दे्श्यका साथ वीपी कोइरालाले स्थापना गरेको तरुण दलले नेपाली राजनितिमा विकासप्रेमी नेताहरुको उदय गराएको स्मरण गर्दै तरुण दलमा आवद्ध युवाहरुलाई पार्टीको नीति, नियम र सिद्धान्त अनुरुप चल्न आग्रह पनि उहाँले गर्नुभयो ।
यस्तै, कार्यक्रमका विशिष्ट अथिति नेपाली कांग्रेस उर्लाबारी नगर सभापति सुरेन्द्र लिम्वुले तरुण दल नेपाली कांग्रेस पार्टीलाई चलयमान गराउने युवा विचार र सकारात्मक आधुनिक सोचको भण्डार रहेको बताउनुभयो । तरुण दललाई थप सशक्त र चलायमान गराउन नेपाली कांग्रेस उर्लाबारी हरदम तयार रहेको उहाँले प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
यस्तै, कार्यक्रममा नेपाली काग्रेस उर्लाबारी–३ का सभापति रोहित कार्कीले १४ औं महाधिवेसन ताका भएका असन्तुष्टिहरुलाई आत्मआलोचना गरी आगामी निर्वाचनमा सवै वडा र नगरमा काग्रेसलाई विजयी गराउन एक जुट भएर अगाडी बढ्नु पर्ने बताउनुभयो । नेपाल तरुण उर्लाबारी–३ का सभापति प्रतिक पाण्डेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सञ्चालन सचिव प्रदिप सग्रौलाले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय