उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकासहित ६ पालिकाले भूमि आयोगसँग सम्झौता गरेका छन् ।
भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा वितरण गर्ने सम्झौतामा भएको हो । उर्लाबारी नगरपालिकासहित रतुवामाई नगरपालिका, पथरीशनिश्चरे नगरपालिका, सुन्दरहरैचा नगरपालिका, कानेपोखरी गाउँपालिका र बुढीगंगा गाउँपालिकाले भूमि आयोगसँग सम्झौता गरेका छन् । भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित व्यवस्थापन गर्ने सम्बन्धमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठको उपस्थितिमा काठमाडौंमा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला र उर्लाबारी नगरपालिका नगर प्रमुख खड्ग फागोबीच कार्य सहमति पत्र हस्ताक्षर र आदान प्रदान गरिएको छ । सम्झौतापछि अब नगरभित्र रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित व्यवस्थापन गर्ने कार्य तीब्र रुपमा अघि बढ्ने नगर प्रमुख फागोले बताउनुभयो । माघ १८ गतेदेखि ३५ दिन लगत संकलन गरिने जनाइएको छ ।























