उर्लाबारी । मोरङको उर्लाबारीमा चलेको कलेज हो, नेपाल दर्शन कलेज । तर, कलेज बसको दुर्दशा विजोग देखिएको छ ।
उर्लाबारी वडा नं. ७ मा रहेको सो कलेज बसको सिट कामै नलाग्ने अवस्थामा भएपनि विद्यार्थी बोक्न छोडेको छैन । विद्यार्थी रोशन चौधरीले सामाजिक सञ्जालमा बसको दुर्दशाका बारेमा तस्बीरहरु पोष्ट गरेका छन् । उनले ब्यङ्ग्य गर्दै लेखेका छन्,‘ नेपाल दर्शन कलेजको आरामदायक यातायात सुविधा जुन अन्त कतै छैन ।’ बसको सिटमा विजोग तरिकाले विद्यार्थी बस्नु पर्ने गरेको पीडा उनले लेखेका छन् ।
सम्बन्धित निकायले कलेज तथा विद्यालयको बसका अवस्थाका बारेमा अनुगमन नगर्दा विद्यार्थीहरु जोखिममा पर्ने गरेका छन् । उर्लाबारीका अधिकांश निजी विद्यालयकाले स्कुल बसमा सिटभन्दा बढी विद्यार्थी ओसार्ने कार्यसमेत भइरहेको भएपनि कसैको ध्यान पुगेको छन् ।























