सरोज बस्नेत
उर्लाबारी । उर्लाबारी नगरपालिकाका नगरप्रमुख खड्ग फागोले राजनीतिमा फड्को मार्दै अघि बढ्नु भएको छ ।
नेपाली कांग्रेसको पार्टी राजनीतिमा वडा सह–सचिब हुँदै प्रदेश नं। १ को सह–महामन्त्रीसम्म क्रमशः फड्को मार्दै उनी अघि बढ्नु भएको हो । फागो प्रदेश नं। १ को सह–महामन्त्रीमा सर्वाधिक मतका साथ विजयी हुन सफल बन्नुभयो । जसले गर्दा फागो झनै शक्तिशाली बन्न पुग्नुभयो । फागोले प्रदेश सह–महामन्त्रीसम्मको यात्रातय गर्ने क्रममा पार्टीको वडा सह–सचिब, क्षेत्रीय सदस्य , का।वा। क्षेत्रीय सचिव, क्षेत्रीय कार्यसम्पादन उपसभापति हुँदै दुई पटक निर्विरोध मोरङ क्षेत्र नं। १ को क्षेत्रीय सभापति बन्नु भएको थियो । नेपाली कांग्रेसको राजनीतिमा भ्रष्टाचार विरोधी, निडर र हक्की स्वाभावका नेताको छवि बनाउनु भएका फागोले २०४९ सालदेखि राजनीतिमा होमिनु भएको थियो । २९ वर्षे राजनैतिक यात्रामा फागोले क्रमशः राजनीतिक फड्को मारिरहनु भएको छ ।
फागोले २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा पनि सर्वाधिक मत ल्याएर उर्लाबारी नगरपालिकाको नगरप्रमुखमा निर्वाचित हुनुभयो । दुई कार्यकाल सर्वसम्मत क्षेत्रीय सभापति हुँदै गर्दा उहाँले क्षेत्रमा सफल संगठन निर्माणमा योगदान गर्नुभयो । सैद्धान्तिक र वैचारिक रुपमा स्पष्ट अडान, कुशल, निडर, कार्यकर्ताको दुःखका सारथी फागो अग्रजहरुको क्षमता र अनुभवलाई आत्मसात गर्दै अघि बढिरहेको उहाँको भनाई छ । राजनीतिमा स्थापित हुन ठूला नेताको आशीर्वादबाट चल्ने गरेको भएपनि फागो आफ्नो ब्यक्तिगत अडान र कार्यकर्ताहरुको साथबाट नेताको रुपमा स्थापित बन्नु भएको छ । राष्ट्र र पार्टी सिद्धान्तप्रति युवालाई प्रोत्साहन गर्ने, युवाहरुलाई नेतृत्व दिलाउँदै जाने लक्ष्यका साथ अघि बढेको उहाँको भनाई छ । स्थानीय तहमा हुने गरेको भ्रष्टाचार, अनियमितता रोक्न फागोले निर्वाह गरेको भूमिकाको सर्वत्र प्रशंसा हुने गरेको स्थानीय जीवन चिमरिया बताउनुहुन्छ । मोरङ क्षेत्र नं। १ को क्षेत्रीय सभापति हुँदा फागोको नेतृत्वमा भएका कार्यहरु अविश्मरणीय छन् । स्थानीय तहमा एमालेको लालकिल्लाका रुपमा रहेका उर्लाबारी, लेटाङ, केराबारीमा नेतृत्व काँग्रेसले जित हात पा¥यो । फागोको पार्टीप्रतिको क्रियाशीलता, सक्षमता, सबलता र नेतृत्वदायी भूमिकाबाट प्रेरित भएर नै यो क्षेत्रमा उनको कार्यकालमा ४ हजार २ सय जनाभन्दा बढी काँग्रेस प्रवेश गरेका थिए ।
प्रदेश नं। १ को सह–महामन्त्री बनेपछि फागोको राजनीति उचाई बढ्नुको साथै सक्रियता पनि बढेको छ । प्रदेश नं। १ का १४ वटै जिल्लामा पार्टीलाई मजबुद बनाएर आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने अभियानमा फागो सक्रिय बन्नु भएको छ । यसैसाता धनकुटाको चौविसे गाउँपालिकामा पार्टी कार्यालय उद्घाटन गर्न फागो पुग्नुभयो । सोही क्रममा उनले प्रदेश नं। १ मा कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जनहितका काममा अघि बढ्न कार्यकर्ताहरुलाई निर्देशनसमेत दिनुभयो । नेपाली कांग्रेसका युवा नेतासमेत रहेका फागोको राजनीति उचाईसँगै केन्द्रीय तहका नेताहरुसँग समेत राम्रो पकड जमाउनु भएको छ । नेता फागोले पार्टीलाई गुटभन्दा माथि उठेर जनहितका कामलाई अघि बढाउनु पर्ने धारणा राख्खै आउनु भएको छ । फागो कोही चिनजाननै नभएका ब्यक्तिहरु समस्यामा परी सहयोग माग्न जाँदा तपाईं कुन पार्टीको भनेर सोध्ने र, मात्र सहयोग गर्ने खालका नेतामा पर्नुहुन्न । अन्य राजनीतिकर्मीको तुलनामा उहाँ फरक हुनुहुन्छ ।
उहाँ कहाँ समस्या लिएर जाने जो कोही मानिस त्यतिकै फर्किएको कमै होला । आश्वसान मात्र लिएर फर्कनु नपर्ने भेटघाट भएका ब्यक्तिहरु बताउँछन् । सबैको समस्या तुरून्त समाधान गरिदिने व्यक्तिको रूपमा फागो चिनिने गरिएको छ ।
को हुन् फागो ?
बुबा चञ्चलाल फागो र दुई आमा ठुलिआमा जयकालि फागो र नरमाया फागोमध्ये,नरमाया पट्टिका फागो कान्छो छोरा हुनुहुन्छ । नरमायापट्टिबाट उहाँका दुई दाजु र पाँच दिदीहरू रहेका छन् । धनकुटामा प्राथमिक तहको पढाई सुरु गरेका फागो, २०३९ मा बाबुको स्वार्गारोहण भएपछि उर्लाबारीमा ठुलो दाजु मानबहादुर फागोसँग आउनुभयो । फागोको जन्म धनकुटाको साविक कुरुले तेनुपा वार्ड नं। २ ९हाल चौबिसे गाउँपालिकामा० भएको हो । राजनीति शास्त्रमा स्नातक (बीए) र ग्रामीण विकासमा स्नातकोत्तर (एमए)अध्ययन गर्नुभएका फागो दुई छोरा र श्रीमतीका साथ उर्लाबारी–५ मा बसोबास गर्दै आउनुभएको छ ।























