दमक । अस्पतालको चरम लाहापवार्हीले बालकको मृत्यु भएको भन्दै झापाको दमकस्थित एडभान्स अस्पतालमा तोडफोड गरिएको छ ।
उपचारका लागि अस्पताल ल्याएका बालकको मृत्यु भएपछि अस्पताल तोडफोड गरिएको हो । इलामको चुलाचुलीका तीन महिनाका बालक नुदिनहाङ राईको मृत्यु भएपछि अस्पताल तोडफोड गरिएको छ । अहिले अस्पताल परिसर तनाबग्रस्त रहेको छ । अहिले इलाका प्रहरी कार्यालय दमकमा पीडित परिवार र अस्पताल प्रशासनबीच बार्ता चलिरहेको छ । यसअघि पनि कोरोना संक्रमण र निमोनियाले ग्रसित कमल–१ का ११ महिने शिशु कृजन खड्काको उक्त अस्पतालमा मृत्यु भएको थियो । सो क्रममा पनि अस्पताल तोडफोड भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय