उर्लाबारी । पूर्वपश्चिम राजमार्ग अन्तरगत मोरङको उर्लाबारी–३ स्थित सोल्टी खोला पुलमा बुधबार बिहान ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकल चालकको घटना स्थलमै मृत्यु भएको छ ।
सोल्टी खोला पुलमा बिहान करिब ५ः३० बजेको समयमा पूर्र्वबाट पश्चिम जाँदै गरेको को २ त ८२९६ नम्बरको ट्याक्टर र बिपरित दिशाबाट गई रहेको प्रदेश १–०१–०१२ प ७१५२ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक उर्लाबारी–७ का निश्चल बानियाको घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
उर्लाबारी स्थित नेपाल दर्शन कलेज कक्षा ११ मा अध्ययनरत बर्ष २१ का बानिया उर्लाबारीबाट मोटरसाईकलमा साथीलाई लिन मंगलबारे आएका र फर्किने क्रममा दुर्घटनामा परेको बुझिएको छ ।
मृतक बानियाँको शब पोस्टमाट्र्मका लागि उर्लाबारी मगलबारे स्थित मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा राखिएको छ भने ट्याक्टर र ट्याक्टरका चालकलाई अस्थायी प्रहरी कार्यालय मंगलबारेको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्काले बताउनुभयो ।























