काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९६१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ४ हजार ९६१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १५ हजार १३१ वटा नमुना परीक्षण गरिएकोमा ४ हजार ९६१ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ९ लाख ५५ हजार २३१ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४३५ जना कोरोनामुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ६८० जना रहेको छ ।

२४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ६२० जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय