विराटनगर, प्रदेश नं.१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश नं.१ को नाम प्रदेश सभाको आउँदो हिउँदे अधिवेशनबाट टुंगो लगाउने बताएका छन् । मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै मुख्यमन्त्री राईले प्रदेशको नाम संसदले टुंगो लगाउने विषय भएको बताए ।
आफूहरू सरकारमा आएपछि संसदको एउटा पनि बैठक नबसेको सन्दर्भ उल्लेख गर्दै उनले अब छिट्टै हिउँदे अधिवेशन आरम्भ गरेर प्रदेशको नामकरण गर्ने बताए ।मुख्यमन्त्री राईले माघ २० गतेभित्र हिउँदे अधिवेशन सुरु गरेर प्रदेश नं. १ को नाम टुंगो लगाउनेतर्फ अघि बढिने बताए । संसदले सांसदले टुंगो लगाउने विषय भए पनि प्रदेश सरकारको तर्फबाट सक्रिय सहजकर्ताको भूमिका खेलेर यही हिउँदे अधिवेशनबाट प्रदेशको नामकरण गरिने मुख्यमन्त्री राईले थप स्पष्ट पारे ।























