काठमाडौँ। सरकारले देशभरका विद्यालयमा कोभिडविरुद्व खोप प्रदान गर्न माघ १६ देखि २० गतेसम्म विद्यालयहरु खोल्ने निर्णय गरेको छ ।
मंगलबार गृहमन्त्रालयमा गृहमन्त्री बालकृष्णा खाँणसहित बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) को बैठकले विद्यालयमा खोप लगाउन माघ १६ देखि २० गतेसम्म विद्यालय खोल्ने निर्णय गरेको हो ।
हाल विद्यालयहरु बन्द छन् तर खोपका लागि १६ देखि २० गतेसम्म विद्यालय खोलिने भएको हो ।
बैठकले माघ ७ गतेदेखि सार्वजनिक स्थानमा हिँड्डुल गर्दा खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको छ । त्यस्तै, विश्वविद्यालयका परीक्षाहरु आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्ने निर्णय गरेको छ ।
हवाइजहाजमा यात्रा गर्नेहरूलाई टिकट काट्दा नै खोप कार्ड अनिवार्य देखाउन पर्ने, अनलाइन टिकट काट्नेले पनि कोभिडविरुद्ध खोप लगाएको कार्ड अनिवार्य अट्याच गर्नुपर्ने व्यवस्था गर्न निर्देशन दिएको छ ।























