विराटनगर, मालपोत कार्यालय विराटनगरका ८ जना कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि कार्यालयबाट प्राप्त हुने सम्पूर्ण सेवा बन्द गरिएको छ ।

कार्यालयका विभिन्न फाँटमा कार्यरत ती कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सोमबार ६ जना कर्मचारी र मंगलबार थप दुई जना कर्मचारीमा सङ्क्रमण देखिएपछि कार्यालयबाट प्रदान हुने सम्पूर्ण सेवा हाललाई बन्द गरिएको कार्यालय प्रमुख लोकबहादुर भण्डारीले बताए । उनले अर्को सूचना जारी नभएसम्मका लागि सेवा प्रवाह बन्द गरिए पनि कार्यालयको आन्तरिक काम भने सञ्चालन गर्ने निर्णय भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय