उर्लाबारी । नेकपा माओवादी केन्द्र उर्लाबारीका नगर सचिवालय सदस्य राजन दाहाल र नेपाली कांग्रेसका क्रियाशिल सदस्य हरिबहादुर कटुवाल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
बुधबार उर्लाबारी उद्योग वाणिज्य संघका कोषाध्यक्षसमेत रहनुभएका दाहाल गत स्थानीय तह निर्वाचनमा माओवादीबाट उर्लाबारी–७ मा वडाध्यक्ष पदको उम्मेद्वार समेत रहनुभएको थियो । यस्तै काँग्रेसका सक्रिय सदस्य उर्लाबारी–४ का कटुवाल पनि नेकपा एमालेमा प्रबेश गर्नुभएको छ । उहाँहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज बिनोद ढकाल, जिल्ला अध्यक्ष ऋषिकेश पोखरेल, सचिव रुपेश खतिवडा, जिल्ला सदस्य पुष्प ढकाल, अग्नि भट्टराई, नगर अध्यक्ष गंगाप्रसाद बाँस्तोलाले स्वागत गर्नुभयो । केहीदिन अघि मात्र नेकपा माओवादी उर्लाबारी वडा नं. २ का अध्यक्ष कृष्ण दाहाल एमालेमा प्रबेश गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय