काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक आह्वान गरेका छन् ।
शुक्रबार ससत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन् ।
आगामी निर्वाचनबारे छलफल गर्न शनिबार विहान बालुवाटारमा सर्वदलीय बैठक आह्वान गरिएको छ ।
यस अघिका सर्वदलीय बैठकलाई प्रमुख प्रतिपक्षी नेकपा एमालेले बहिष्कार गर्दै आएको छ ।























