काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १० हजार २५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा १० हजार २५४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १४ हजार ४६७ पीसीआर र एन्टिजेन विधिबाट ५ हजार ७२५ एन्टिजेन परीक्षण गरिएकोमा १० हजार २५४ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या १० लाख १६ हजार ८४५ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७०८ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ८ लाख २० हजार २८३ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ जना रहेको छ ।

हालसम्म एक करोड बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।

२४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ६५१ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय