उर्लाबारी । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र प्रदेश नं. १ का सह–महामन्त्री खड्ग फागोबीच राष्ट्रियसभा निर्वाचनका बारेमा छलफल भएको छ ।
आज प्रदेश नं. १ का सह–महामन्त्री फागो निवासमा नेता सिटौलासँग निर्वाचन र वर्तमान देशको राजनीतिक अवस्थामा समेत छलफल भएको हो । स्थानीय तहको निर्वाचन, गठबन्धन, राष्ट्रियसभा निर्वाचनलगायतका विषयमा नेता सिटौला र सह–महामन्त्री फागोबीच छलफल भएको मोरङ क्षेत्र नं. १ क का उपसभापति लोलिम पोमु लिम्बूले जानकारी दिनुभयो । नेता सिटौलाले पार्टीलाई मजबुद र सशक्त रुपमा अघि बढाउन आवश्यक रहेको सो क्रममा बताउनुभयो । तीनै तहको निर्वाचनका बारेमा कुनै निर्णय नभइसकेको उल्लेख गर्नुभयो । सो क्रममा सह–महामन्त्री फागोले राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश नं. १ गठबन्धनका उम्मेद्वार जिताउन लागि परेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय