सरोज बस्नेत

उर्लाबारी । पूर्वी मोरङकै चर्चित बेतिनी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष पदमा तीन जनाको भिडन्त हुने भएको छ ।
उर्लाबारी वडा नं. २ मा रहेको सो वनको अध्यक्ष पदमा वर्तमान अध्यक्ष भीमबहादुर राई, वर्तमान कोषाध्यक्ष ज्योति थापा र पूर्वअध्यक्ष कृष्ण दाहालबीच प्रतिष्पर्धा हुने भएको हो । आज तीन जनाले उम्मेद्वारी दर्ता गराउनु भएको छ ।
त्यस्तै, खुल्ला उपाध्यक्षमा श्यामप्रसाद ढकाल, कुलबहादुर प्रधान र नरबहादुर गुरुङबीच प्रतिष्पर्धा हुने भएको छ भने महिला उपाध्यक्षमा सिता बुढाथोकी डाँगी सर्वसम्मत निर्वाचित हुनु भएको छ । त्यस्तै, सचिबमा पनि अरुणा थापा सर्वसम्मत निर्वाचित हुनु भएको छ । सह–सचिबमा मित्रप्रसाद आचार्य र रोहित आचार्य भिड्ने पक्का भएको छ । त्यस्तै, कोषाध्यक्षमा कृष्णराज गिरी, अर्जुन बास्तोला र राजेन्द्र बास्तोला भिड्ने हुनु भएको छ । त्यस्तै, सदस्यहरुमा रोहिणीप्रसाद भट्टराई, मिनप्रसाद दाहाल, विष्णुकुमार श्रेष्ठ, बेलबहादुर बस्नेत, धनमाया मगर राई, श्रीमान कार्की, किरण थापा, बुद्धिलाल लिम्बू, अञ्जना नेपाल, राजन श्रेष्ठ, सितादेवी भारती बुणथोकी, निर्मला कार्की खड्का, मनिराज याख्खा राई, लालबहादुर धिमाल र कृष्ण तिम्सिना सर्वसम्मत निर्वाचित हुनुभएको छ । त्यस्तै, लेखा समिति संयोाजकमा देवमणि न्यौपाने, कमलप्रसाद लुईटेल र टेकप्रसाद दाहाल भिड्ने हुनुभएको छ । त्यस्तै, सदस्यहरुमा वेदराज गिरी र कमला भट्टराई सर्वसम्मत चयन हुनु भएको छ । बिहीबार १०ः३० बजेसम्म उम्मेद्वारी फिर्ताको समय तोकिएको निर्वाचन समितिले जनाएको छ । वनको १४ गते साधारणसभा र १५ गते निर्वाचन हुने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय