काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा १२ हजार ८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १८ हजार १०३ पीसीआर र एन्टिजेन विधिबाट ७ हजार ८०६ एन्टिजेन परीक्षण गरिएकोमा १२ हजार ८ जनामा संक्रमण देखिएको हो । याे अहिलेसम्मकै उच्च संक्रमण हाे ।

यससँगै कुल संक्रमितको संख्या १० लाख ४५ हजार ६३४ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ४० जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ८ लाख २७ हजार २७९ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ८८ हजार ९३४ जना रहेको छ ।

हालसम्म एक करोड बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।

२४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ६६७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय